Aamsanchar

तीर्थयात्री बोकेको बस ट्रकसँग ठोकिँदा २० जना घाइते

Author Image
शनिवार, फागुन ५, २०८०

मलेखु – पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ हिलटप मोडमा बस र ट्रक एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन्। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ।

काठमाडौंबाट तीर्थयात्री बोकेर चितवनतर्फ गइरहेको बस र विपरीत दिशाबाट आइरहेको ट्रक हिलटप मोडमा आज बिहान ठोक्किँदा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए।

घाइतेको मलेखुको राजमार्ग अस्पताल र मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको जैसवारले बताए। घाइतेको विवरण भने आउन बाँकी रहेको छ। बसमा ३० जना तीर्थयात्री सवार थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर