Aamsanchar

बालबालिकामा हुने क्यान्सरको समयमा नै उपचार गरे पूर्णरूपमा निको हुन सक्ने

Author Image
शनिवार, फागुन ५, २०८०

काठमाण्डौ – बालबालिकामा हुने क्यान्सरको समयमा नै उपचार गरे पूर्णरूपमा निको हुन सक्ने डाक्टरहरूले बताएका छन् । उपचारका क्रममा अरू रोगको असर कम हुने भएकाले बालबालिकामा क्यान्सर निको हुने सम्भावना बढी रहेको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका बाल रोग तथा क्यान्सर रोग विशेषज्ञ डा। सूचारिका तण्डुकारले बताउनुभयो ।

अहिले नेपालमा उपचार गराएकामध्ये ३० प्रतिशत बालबालिकामा क्यान्सर निको हुने गरेको र यो दर विकसित देशहरूमा ९० प्रतिशतसम्म रहेको भक्तपुर क्यान्सर अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा। ऋतु सापकोटाले बताउनुभयो । नेपालमा वर्षमा झन्डै एक हजार जनासम्म बालबालिकाले क्यान्सरको उपचार गर्नुपर्नेमा अहिले आधाले मात्र उपचार गरिरहेका उहाँले जानकारी दिनुभयो ।

गरिबी, उपचारमा कम पहुँच हुनु लगायत कारणले उपचारमा समस्या भइरहेको उहाँको भनाइ थियो । डा। सापकोटाका अनुसार बालबालिकलाई ब्लड क्यान्सर, आँखामा हुने क्यान्सर, कलेजो, हड्डी र मांसपेसीको क्यान्सर धेरै हुने गरेको छ ।

बालबालिकामा १० प्रतिशत वंशानुगत गुणबाट र ९० प्रतिशत जिनको खराबीका कारण क्यान्सर हुने गर्दछ । जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई बढी क्यान्सर लाग्ने जोखिम रहन्छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला मेमोरियल अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पतालमा बाल क्यान्सरको उपचार हुने गरेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 50

प्रतिक्रिया (०)