Aamsanchar

धरानस्थित बीपी प्रतिष्ठानको पक्की गेट भत्काउने दुईजना पक्राउ

Author Image
आइतवार, फागुन ६, २०८०

विराटनगर – सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पक्की गेट भत्काउने दुईजना पक्रा परेका छन् ।

नेकपा (माओवादी केन्द्र) धरान–१९ कमिटीको अगुवाइमा शनिबार प्रतिष्ठानको दक्षिणतर्फको पक्की गेट डोजर लगाएर भत्काइएको थियो । घटनामा संलग्न डोजरका मालिक र अपरेटरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जानकारी गराएको छ ।

डोजरका मालिक प्रदीप क्षेत्री र अपरेटर उदिम खड्कालाई पक्राउ गरी म्याद थपका निम्ति अदालतमा उपस्थित गराइएको छ । उनीहरूलाई अदालतमा लैजाने क्रममा धरानमा केही बेर तनाव भएको थियो ।

‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियानअन्तर्गत प्रतिष्ठान प्रवेश गर्ने दक्षिण जंगलतर्फको पुरानो बाटोको गेट खोल्न माग गरिएको थियो । तर, सुरक्षाको कारण देखाउँदै प्रतिष्ठानले खोल्न नसकिने जनाएपछि क्षेत्रीले आफ्नो डोजर लगेर गेट भत्काएका थिए ।

उनीहरूलाई म्याद थप गर्न लैजान लाग्दा माओवादी नेता सन्तोष लिम्बू नेतृत्वको टोलीले अवरोध गर्न खोजेको थियो । प्रहरीले सामान्य बल प्रयोग गरेर उनीहरूलाई अदालतमा उपस्थित गराएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 44

प्रतिक्रिया (०)

सम्बन्धित खबर