Aamsanchar

बङ्गुर तथा बङ्गुरजन्य पदार्थहरूको ओसारपसारका लागि भेटेरिनरी प्रमाणपत्र जारी नगर्न आग्रह

Author Image
आइतवार, फागुन ६, २०८०

काठमाण्डौ – नेपाल पशु चिकित्सा परिषद्ले बङ्गुर तथा बङ्गुरजन्य पदार्थहरूको ओसारपसारका लागि भेटेरिनरी प्रमाणपत्र जारी नगर्न सम्पूर्ण दर्तावाल पशु चिकित्सकहरूलाई आग्रह गरेको छ ।

पशु सेवा विभागले नेपालको गण्डकी र बाग्मती प्रदेशका केही जिल्लाहरूमा अफ्रिकन स्वाइन फिभरको पुष्टि भएकाले थप सङ्क्रमण फैलन नदिन बङ्गुर र बङ्गुरजन्य पदार्थको ओसारपसार बन्द गर्नुपर्ने परिषद्ले जनाएको छ । अफ्रिकन स्वाइन फिभर रोग द्रूत गतिमा फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै अर्को सूचना जारी नहुन्जेलसम्मका लागि सङ्क्रमण देखिएको ठाउँहरूबाट बङ्गुरको ओसारपसार नगर्न परिषद्ले आग्रह गरेको छ ।

रोग नियन्त्रणका लागि सरकारी, निजी तथा गैरसरकारी निकायमा कार्यरत सबै दर्तावाल पशु चिकित्सकहरूले तिनै तहका सरकारसँग समन्वय र सहकार्य गरी सहयोग गर्न पनि परिषद्को आग्रह छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 53

प्रतिक्रिया (०)

सम्बन्धित खबर