Aamsanchar

झापामा अटोले दुई वटा साइकललाई ठक्कर दिँदा ९ वर्षीया बालिकाको मृ*त्यु

Author Image
आइतवार, फागुन ६, २०८०

झापा – झापामा अटोले दुई वटा साइकललाई ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत शिवसताक्षी नगरपालिका-८ स्थित सम्झना चौकमा आइतबार साँझ ६:५० बजेको समयमा मे १ ह ५८०५ नम्बरको अटोले ठक्कर दिँदा साइकलमा सवार शिवसताक्षी-८ की ९ वर्षीया शीतल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनको बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको थियो ।

घटनामा शीतलका बुवा दिलीप श्रेष्ठ र उनका दिदी ११ वर्षीया गोमा श्रेष्ठ घाइते भएका छन् । एउटा साइकलमा शीतल र उनका बुवा दिलीप सवार थिए भने अर्को साइकलमा गोमा सवार रहेकी थिइन् । पछाडिबाट आएको अटोले दुवै साइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

घाइते बुबा छोरीको सोही अस्पतालमा उपचार भइरहेको छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार अटो चालक शिवसताक्षी- ८ का ५२ वर्षीय पूर्णबहादुर भट्टराई मदिराले लट्ठ भएर मातेका थिए। अटो र चालकलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 111

प्रतिक्रिया (०)