Aamsanchar

झापाको हल्दिवारीमा ट्रयाक्टरको ठक्करबाट घाइते एक जनाकाे मृत्यु

Author Image
सोमवार, फागुन ७, २०८०

झापा – झापाको हल्दिवारीमा ट्रयाक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४२ वर्षीय दिनेश राजवंशी रहेका छन् ।

शनिवार मध्यान्ह १२ बजेको समयमा हल्दिवारी वडा नं. २ रामलाल चौकस्थित भद्रपुर– हल्दिवारी सडकखण्डमा पूर्ववाट पश्चिमतर्फ जाँदै गरेको तत्काल नम्बर नखुलेको ट्रयाक्टरले बिपरित दिशावाट आउँदै गरेको ना.१७ प १०३४ नं.को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक राजवंशी गंभीर घाइते भएका थिए । घाईतेलाई उपचारको लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुर लगिएकोमा थप उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो ।

उपचारका क्रममा आज दिउँसो १२ः३० बजे घाईते राजबंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भद्रपुर २ बस्ने २३ वर्षीय सविन जोगीले कुदाएको को १ त ५०४६ नम्बरकाे ट्रयाक्टरले ठक्कर दिएको भनी अनुसन्धानबाट खुल्न आएपछि ठक्कर दिने ट्रयाक्टर र चालक जोगी जिल्ला प्रहरी कार्यालय झापाको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 190

प्रतिक्रिया (०)

सम्बन्धित खबर