Aamsanchar

हात्तीलुङमा टिपर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

Author Image
सोमवार, फागुन ७, २०८०

प्रतिकात्मक तस्बिर

काठमाडौं – पाल्पाको हात्तीलुङमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

रुपन्देहीको खैरेनीबाट पाल्पाको माथागढी गाउँपालिका ५ धामिगास्थित चुनढुंगा खानीमा जाँदै गरेको लु २ ख ५६१ नम्बरको टिपर सोमबार बिहान आर्थोकघाटमा दुर्घटनामा परेको हो।

दुर्घटनामा टिपरका चालक रुपन्देही तिलोत्तमा नगरपालिका १६ बस्ने २४ वर्षका प्रदीप कुमाल र सहचालक १८ वर्षीय मनिष परियारको घटनास्थलमै मृत्यु भएको पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर