Aamsanchar

हत्या गरी गाडिएको अवस्थामा एक पुरुषको शव फेला, टाउको भने भेटिएन

Author Image
सोमवार, फागुन ७, २०८०

कपिलवस्तु- कपिलवस्तुमा हत्या गरी गाडिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । जिल्ला कपिलवस्तु नगरपालिका वडा नं.४ पिपरी गाउँदेखि दक्षिणतर्फको नहरको कुलोमा शव फेला परेको हो ।

आइतबार साँझ ६ बजेतिर कोदाहवा चोकदेखि दक्षिण पाँच सय मिटर नहरको कुलोमा टाउको नभएको शव खाल्टोमा गाडिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलका अनुसार आइतबार साँझ शवको घुँडाको भाग मात्र देखिएको बताउनुभयो । सोमबार बिहान खाल्टोबाट पुरुषको शव निकालिएको थियो । प्रहरी उपरीक्षक पौडेलले हत्या गरी टाउको छिनाएर खाल्टोमा शव गाडिएको अवस्थामा फेला परेको जानकारी दिनुभयो ।

साथै शरीर जलेको अवस्थामा रहेको छ मृतक पुरुषले जिन्सको सर्ट लगाएको र नाडीमा धागोसमेत बाँधिएको छ । शवको टाउको भने अझै फेला नपरेको उहाँको भनाइ छ । घटनास्थललाई प्रहरीले घेराबन्दी गरेर शवको मुचुल्का गरेको छ । घटनास्थलमा तालिम प्राप्त कुकुरसहित टोली परिचालन गरिएको छ ।

मृतकको पहिचान खुल्न सकेको छैन भने शव पोस्ट मार्टमका लागि कपिलवस्तु अस्पताल लगिएको उहाँले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पौडेलले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 60

प्रतिक्रिया (०)

सम्बन्धित खबर