Aamsanchar

तुम्लिङटार विमानस्थलमा ३ दिनदेखि उडान अवरुद्ध

Author Image
सोमवार, फागुन ७, २०८०

संखुवासभा – जहाज उडानका लागि पर्याप्त भिजिविलिटी नभएपछि हिमाली जिल्ला संखुवासभाको तुम्लिङटार विमानस्थलमा ३ दिनदेखि उडान अवरुद्ध छ ।

तुवालोले विमानस्थल नजिकैको डाडाँकाडा ढाकेको छ । जहाज उडानका लागि कम्तीमा ३५ सय देखि ५ हजार मिटर भिजिविलिटी आवश्यक पर्छ । विमानस्थल वरपरको भिजिविलिटि अहिले १ हजारमात्र भएपछि उडान गर्न नसकिएको बुद्ध एयर तुम्लिङटारका राजीव पोखरेलले बताए ।

शनिबारदेखि निजी कम्पनीका विमानले तुम्लिङटारमा उडान भर्न सकेको छैन । तुम्लिङटारमा उडान नभएपछि दैनिक ६५ भन्दा बढी यात्रु अलपत्र पर्दै आएका छन् । तुम्लिङटार विमानस्थलमा बुद्धको एटिआर ७२ ले दैनिक उडान भर्दै आएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 185

प्रतिक्रिया (०)