Aamsanchar

विराटनगरमा मोटरसाइकलले ठक्कर दिँदा एक जना महिलाको मृ*त्यु

Author Image
मङ्गलवार, फागुन ८, २०८०

विराटनगर – विराटनगरमा मोटरसाइकलले ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ ।

सुनसरीको इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प १२५१ नम्बरको मोटरसाइकलले साँझ ५:३० बजेतिर ठक्कर दिँदा मोरङको बूढीगंगा गाउँपालिका–१ की अन्दाजी ६० वर्षीया धनमाया खतिवडाको मृत्यु भएको हो । मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेका अनुसार खतिवडालाई घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा लगिएको थियो ।

उपचारकै क्रममा राति ११:४५ बजेतिर मृत्यु भएको न्यौपानेले बताए । उनका अनुसार विराटनगर महानगरपालिका–३ दूध फारममा सडक पार गर्दै गर्दा तीव्र गतिमा रहेको मोटरसाइकलले खतिवडालाई ठक्कर दिएको खुलेको छ ।

 

दुर्घटनामा मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका–४ का ३० वर्षीय आशिष श्रेष्ठ पनि घाइते भएका छन् । श्रेष्ठको नोबेलमै उपचार भइरहेको छ । प्रहरीका अनुसार मोटरसाइकललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 56

प्रतिक्रिया (०)