Aamsanchar

बाल सुधार गृहमा झडप हुँदा तीन बालक घाइते

Author Image
मङ्गलवार, फागुन ८, २०८०

लेखनाथ- पोखरा महानगरपालिका वडा नम्बर १८ को सराङकोट, ग्यारजातीमा रहको बाल सुधार गृहमा झडप हुँदा तीन बालक घाइते भएका छन् । सोमबार राति भएको झडपमा बागलुङ, म्याग्दी र स्याङ्जाका एकरएक गरी तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।

सोमबार राति १० बजेतिर खाना खाने लाममा बस्ने क्रममा झडप भएको हो । झडपमा घाइतेमध्ये दुई जनालाई टाउकोमा र एक जना सामान्य घाइते भएकोमा उपचारपछि तीनै जना सुधार गृह फर्किसकेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिनुभयो ।

“खाना खाने लाइनामा बस्ने बेला विवाद भयो भन्ने बुझिएको छ । उनीहरु मणिपाल शिक्षण अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका छन्,” रानाले भन्नुभयो “घटनाको थप अनुसन्धान जारी छ । ”

अहिले देशभर आठ वटा बाल सुधार गृह छन् । बाल बिज्याइमा संलग्न साना बालबालिका र किशोरसमेत सँगै राख्दा समस्या भएको जानकारहरु बताउँछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 107

प्रतिक्रिया (०)

सम्बन्धित खबर