Aamsanchar

नेपाली नागरिकले अब सजिलै भारतीय सिम कार्ड पाउने

Author Image
मङ्गलवार, फागुन ८, २०८०

काठमाण्डौ – अब नेपाली नागरिकले भारतमा सहजरूपमा भारतीय सिम कार्ड लिन पाउने भएका छन् । भारतका लागि नेपाली राजदूत डाक्टर शङ्कर शर्माले नेपाली नागरिकले अब सजिलै भारतीय सिम कार्ड पाउने जानकारी दिनुभएको छ ।

आफ्नो बारम्बारको पहलपछि भारतको सञ्चार मन्त्रालयअन्तर्गतको दूरसञ्चार विभागले नेपाली नागरिकका लागि सिम कार्डको केवाईसी इन्स्ट्रक्शन संशोधन गर्दै यस्तो व्यवस्था ल्याएको उहाँले बताउनुभएको छ । यो व्यवस्था भुटानका नागरिकका लागि पनि लागू हुनेछ ।

अहिले नेपालीहरू भारत जाँदा सिम कार्ड नपाएर समस्यामा पर्ने गरेका छन् । कतिपयले त्यहाँ रहेका आफन्तको सिम कार्ड मागेर काम चलाउनुपर्ने बाध्यता थियो । अब भने नेपालबाट सिधै भारतमा जाने नेपालीहरूले आफ्नो राहदानी, मतदाता परिचयपत्र वा दूतावासले जारी गरेको परिचयपत्रको आधारमा भारतको सिम लिन सक्नेछन् । तर नेपालबाहेक अन्य ठाउँबाट भारतमा प्रवेश गर्दा वैध भिसा र टिकटसहितको राहदानी अनिवार्य देखाउनुपर्नेछ ।

एक पटकमा सिम कार्डको वैधता अधिकतम तीन महिनासम्मको हुनेछ । यस्तो सिममा अन्तर्राष्ट्रिय रोमिङ अनुमति भने हुनेछैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 67

प्रतिक्रिया (०)

सम्बन्धित खबर