Aamsanchar

काठमाडौँको सितापाइलामा आमा र दुई बच्चा मृत फेला

Author Image
बुधवार, फागुन ९, २०८०

काठमाडौं – काठमाडौँको सितापाइलामा एकै परिवाका ३ जना मृत फेला परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार एउटै परिवारका ३ जनाको शव फेला परेको हो। घटनास्थलमा ३८ वर्षीया महिला, ८ वर्ष र साढे दुई वर्षका बच्चा मृत भेटिएको अधिकारीको भनाइ छ।

प्रहरी वृत्त स्वयम्भुको टोली अहिले घटनास्थलमा रहेको र थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 69

प्रतिक्रिया (०)

सम्बन्धित खबर