Aamsanchar

अटोरिक्सा दुर्घटना हुँदा एकजनाको मृ*त्यु

Author Image
बुधवार, फागुन ९, २०८०

हेटौंडा – मकवानपुरमा अटोरिक्सा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका वडा नम्वर–४ निवासी ३५ वर्षीय देवीबहादुर घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।

बुधबार बिहान ६ बजेतिर ज्वालादेवीस्थित भित्री सडकखण्डमा धादिङ बजारबाट ज्वालादेवीतर्फ आउँदै गरेको ना २ ह ५२६८ नम्वरको अटोरिक्सा अनियन्त्रित भइ दुर्घटना भएको थियो ।

मृतक घिमिरे अटो चालक हुन् । दुर्घटनापछि घाइते भएका उनलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको थियो । उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 21

प्रतिक्रिया (०)

सम्बन्धित खबर