Aamsanchar

वीरगञ्जकाे कर्फ्यु आज राति १० बजेसम्मका लागि हटाइयो

Author Image
बुधवार, फागुन ९, २०८०

काठमाण्डौ – जिल्ला प्रशासन कार्यालय पर्साले अस्ति सोमवार बेलुकादेखि वीरगञ्ज महानगरपालिकामा लगाएको अनिश्चितकालीन कर्फ्यु आज राति १० बजेसम्मका लागि हटाएको छ । सोमवार बेलुका ५ बजेदेखि जारी कर्फ्यु हिजो चार घण्टा खोलेर पुनः लगाइएको थियो ।

आज बिहान ६ बजेदेखि ११ बजेसम्म खुकुलो पारिएको र बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि हटाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । गएको बिहीवार रौतहटको ईशनाथ नगरपालिकाको मोतीपुरमा दुईपक्षबिच विवाद र झडप भएको विषयलाई लिएर वीरगञ्जमा पनि विवाद र झडपको स्थिति उत्पन्न भएपछि स्थानीय प्रशासनले वीरगञ्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु लगाएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर