Aamsanchar

घोराहीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृ*त्यु

Author Image
बुधवार, फागुन ९, २०८०

घोराही-दाङको घोराहीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१६ सर्रामा मोटरसाइकललाई बोलेरो पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा ५ प ५४५३ नम्बरको मोटरसाइकललाई घोराहीबाट तुलसीपुरतर्फ जाँदैगरेको बा २ झ ३६५२ नम्बरको बोलेरो पिकअपले बिहान ६ बजेतिर सर्रामा ठक्कर दिएको थियो ।

दुर्घटनामा रोल्पाको त्रिवेणी गाउँपालिका–५ निवासी मोटरसाइकल चालक २१ वर्षीय विजय पुन र मोटरसाइकलमा सवार सोही ठाउँ निवासी २४ वर्षीय नेत्र भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो ।

प्रहरी नायव उपरीक्षक मल्लका अनुसार सुरूमा मोटरसाइकलले साइकललाई ठक्कर दिएपछि दुई जना सडकमा लडिरहेको समयमा विपरीत दिशाबाट आइरहेको बोलेरोले ठक्कर दिँदा गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मल्लले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘बुधबार बिहान मोटरसाइकलले साइकललाई ठक्कर दिएपछि मोटरसाइकल चालक र सवार दुई सडकमा लडिरहेको अवस्थामा विपरीत दिशाबाट आइरहेको बोलेरोले ठक्कर दिएको खेलेको छ ।’

प्रहरी नायव उपरीक्षक मल्लका अनुसार साइकल यात्रुलाई जोगाउन खोज्दा मोटरसाइकल लडेको र उहाँहरूलाई विपरीत दिशाबाट आइरहेको बोलेरोले ठक्कर दिएको थियो । प्रहरीले बोलेरो गाडीसहित चालक रोल्पा त्रिवेणी गाउँपालिका –२ निवासी निर्मल बुढालाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 49

प्रतिक्रिया (०)