Aamsanchar

सुनको मूल्य

Author Image
बिहिवार, फागुन १०, २०८०

काठमाडौँ – नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ४ सय रुपैयाँले घटेर १ लाख १८ हजार रुपैयाँमा झरेको हो ।

यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा ४ सय रुपैयाँले नै घट्दै प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले घट्दै १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 56

प्रतिक्रिया (०)

सम्बन्धित खबर