Aamsanchar

कार्यसम्पादन मूल्याङ्कनमा सन्धिखर्क नगरपालिका देश भरकै पहिलो

Author Image
बिहिवार, फागुन १०, २०८०

काठमाण्डौ – कार्यसम्पादन मूल्याङ्कनमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका देश भरकै पहिलो बनेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार आर्थिक वर्ष २०७९/०८० को कार्य सम्पादन मूल्याङ्कनमा सन्धिखर्क पहिलो भएको हो ।

सन्धिखर्क नगरपालिकाले ६१ दशमलव ८१ अङ्क प्राप्त गरी पहिलो भएको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताउनुभयो । गएको आर्थिक वर्षमा सन्धिखर्क नगरपालिका देशभरकै आठौँ स्थानमा परेकोमा अहिले पहिलो भएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर