Aamsanchar

कार्यसम्पादन मूल्यांकनमा मैवाखोला कोशी प्रदेशकै उत्कृष्ट

Author Image
बिहिवार, फागुन १०, २०८०

ताप्लेजुङ – संघीय सरकार अन्तर्गत राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले गर्ने स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा ताप्लेजुङको मैवाखोला कोशी प्रदेशको उत्कृष्ट गाउँपालिका बनेको छ ।प्रदेशका १३७ स्थानीय तहमध्ये उत्कृष्ट बनेको मैवाखोला देशभरिका ७ सय ५३ स्थानीय तहमा भने १७ औं र ४ सय ६० गाउँपालिकामा १२ औं भएको छ ।
प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार आयोगले १७ वटा सूचकको आधारमा मूल्यांकन गर्ने गरेको छ । जस्मा बजेट पेश र पारितको समयावधि, आयव्ययको प्रक्षेपण गरी अर्थ मन्त्रालयमा पेश गरेको समयावधि, वेरुजु, बिनियोजित रकम खर्चको समयावधि र अवस्था, सुत्रको प्रयोग, आवधिक योजना तर्जुमाको अवस्था विश्लेषण गर्ने गरेको छ ।शिक्षातर्फ विद्यार्थी भर्नादर, टिकाउको अवस्था, प्राप्त जीपीए, स्वास्थ्यमा गर्भवती महिला तथा बालबालिकालाई खोपको अवस्था लगायतका मापदण्डलाई बिश्लेषण गर्ने गरेको छ ।

मैवाखोलाको अध्यक्षमा माओवादीका विजय प्रकाश वनेम र उपाध्यक्षमा कांग्रेसका कमलकुमारी लिम्वू छन् । अघिल्लो निर्बाचनमा यहाँ एमालेले क्लिन स्विप गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर