कार्यक्रममा नगर प्रमुख पोखरेलले मुख्य मन्त्री सहित पदयात्रामा संगै हिड्दै कनकाईहात्ती प्रभावित क्षेत्र र यहाँको अन्य समस्या चुरेको संरक्षण , पर्या(प्रयाटन विकास तथा प्रवधन, वन्यजन्तुको संरक्षणका लागि उचित व्यवस्थापन , नदिनाला नियन्त्रणको बारेमा समेत मुख्य मन्त्रीको टोलीलाई ध्यानाकर्षण सहित यी सबै क्षेत्रको विकासका लागि सुझाव पनि दिनुभएको थियोे ।
आज कनकाई नगरपालिका १ स्थित प्रजापती सामुदायिक वन उत्तरमा रहेको पर्यटकिय स्थल खानेपानी ट्याङकी परिषरमा भएको एक कार्यक्रमकाबिच नगर प्रमुख पोखरेल, प्रजापति सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष मातृका प्रसाद पोखरेल , कनकाई वडा न १ का अध्यक्ष सुशीलकुमार पोखरेल , वन समुहका सचीव कनकाई वडा १ न वडा सदस्य हरिकुमार राई, निर्मला खड्का , संगिता ल्वागुन , दलबहादुर थापा, विभिन्न संघ सस्था टोल तथा वन समुहका पदाधिकारी लगायतले मुख्य मन्त्री कार्की , पर्यटन वन तथा वातावरण मन्त्री उप्रेती ,पर्यटन वन तथा वातावरण सचिव घिमिरे लगायतलाई संयुक्तरुपमा ध्यानाकर्षण तथा सुझाव गराइएको थियोे ।
हात्तीको परम्परागत जैविक मार्गको पुनःस्थापना तथा बासस्थानको संरक्षण एवम् मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्दै संरक्षणमा सहअस्तित्व र हात्तीमैत्री पर्यापर्यटन विकास गर्ने पदयात्राको उद्देश्य रहेको बताइएको छ ।
पद यात्राका क्रममा आज कनकाई नगरपालिका १ स्थित प्रजापती सामुदायिक वन उत्तरमा रहेको पर्यटकिय स्थल खानेपानी ट्याङकी परिषरमा प्रजापति सामुदायिक वन समुहका अध्यक्ष मातृका प्रसाद पोखरेलको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मुख्यमन्त्री कार्कीले हात्ती र मानवबिचको द्वन्द्व घटाउन र समस्या पहिचान गर्न पदयात्रा सुरु गरिएको बताउनुभयो । उहाँले समाचारकै भरमा मात्रै हात्तीको क्षती कम नहुने भन्दै अहिलेको टोलिले सबै क्षेत्रको सुझाव संङकलन गरि हात्तीबाट हुने बिगार कम गर्न लागिपर्ने प्रतिवध्द्ता व्यक्त गर्नुभयो ।
कार्यक्रममा मुख्यमन्त्री कार्कीले जनता, बाली र घर बीमा कार्यक्रम कार्यान्वयन गर्ने योजना प्रदेश सरकारको रहेको पनि सुनाउनु भएको थियो ।
कार्यक्रममा कनकाई वडा १ का अध्यक्ष सुशीलकुमार पोखरेलले हात्तीको क्षतिका साथसाथै यहाँको पर्या पर्यटन , भौतिक पुर्वाधारका क्षेत्रमा पनि नगर र वडाको बजेटले मात्रै धान्न नसकिने भन्दै प्रदेशबाट पनि उक्त शिर्षकका लागि बजेट बिनियोजन गरिदिन आग्रह गर्नुभएको थियोे ।
हिजो बुधबार बाहुनडाँगीबाट सुरु भएको यात्रा फागुन १६ गते उदयपुर जिल्लाको बेलसोतमा पुगेर सम्पन्न हुनेछ ।
पदयात्रामा प्रदेशका सरकारी एवं गैरसरकारी निकाय, संरक्षणकर्मी, सुरक्षाकर्मी, संचारकर्मी, हात्तीविज्ञ, नागरिक समाज एवं आम नागरिकहरुको सहभागिता छ ।
कोशी प्रदेशको झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाभर हात्ती आवतजावत गर्ने क्षेत्रमै मुख्यमन्त्री कार्कीले पदयात्रा तय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
मुख्यमन्त्रीसहितको टोलीले झापाबाट उदयपुरसम्म कूल २सय ४३ किलोमिटर पैदल यात्रा गर्ने रुट तय गरिएको छ । आजको पद यात्रा झापाको उत्तरी क्षेत्रदेखि इलामको दक्षिणी क्षेत्र चुलाचुलीसम्म केन्द्रित रहेकोे थियोे ।