Aamsanchar

भरतपुरको ७ हजार बिघा जमिन भूमिगत सिँचाइ

Author Image
शुक्रवार, फागुन ११, २०८०

चितवन – एक सिजन मात्रै खेती हुने चितवनको हरैया क्षेत्रमा यसपटकदेखि भने चार सिजनसम्मै खेती लगाउन पाइने भएको छ । किनकी यहाँ भूमिगत पानीबाट सिँचाइ सुविधा पुगेको छ ।

चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना अन्तर्गत उपभोक्ता समितिमार्फत बनेको गौरवशील हरैया डिप ट्युबवेलको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले बिहीबार उदघाटन गरेकी छन् ।

कार्यक्रममा गाउँलेहरुले पञ्चैबाजा बजाएर नाच्दै खुशियाली मनाए । छमछमी नाचेका भरतपुर महानगरपालिका–१७ का मानबहादुर बस्नेतले भने, ‘बर्खामा धान हुन्थ्यो त्यो पनि भदौतिर, त्यसपछि खासै खेती हुन्थेन, सुख्खा थियो, अब भने सबैतिर सिंचाइ गर्न सकिने डिप ट्युबवेल बन्यो, खेती उब्जाउ गर्न सजिलो हुने भयो । अब धेरै सुविस्ता हुने देखेँ ।’

महानगर प्रमुख दाहालले बिहीबार भरतपुर–१७ मा बनेको २ वटा डीप ट्युबवेल र १८ स्यालो टयुबवेलको उद्घाटन गरेकी छन् । समृद्ध तराई मधेश सिँचाइ विशेष कार्यक्रम अन्तर्गत चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाको २ करोड ९३ लाखको लागतमा वडा नं.१७ मा मात्रै २० वटा ट्युबवेल सञ्चालनमा आएका छन् । १ डीप ट्युबवेल निर्माणको चरणमा छ ।

१७० बिघा क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने आयोजनाबाट ३ सय घरधुरी प्रत्यक्ष लाभान्वित हुनेछन् । वडा नं.१७ का ४/५ सय बिघा बञ्जर जमिनमा सिँचाइ सुविधा पुगेको स्थानीय प्रकाश खड्काले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 24

प्रतिक्रिया (०)

सम्बन्धित खबर