Aamsanchar

मोरङमा लहरी गाडी पल्टिँदा एकै परिवारका २ सहित ३ बालबालिकाकाे मृ*त्यु

Author Image
शुक्रवार, फागुन ११, २०८०

मोरङ – मोरङको बूढीगंगा गाउँपालिका ४ प्रगती टोलमा लहरी गाडी पल्टिएर दुर्घटना हुँदा एकै परिवारका दुईसहित तीनजनाको मृत्यु भएको छ । आर जे २९ जीबी १५६१ भारतीय नम्बर प्लेटको लहरी गाडी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बूढीगंगा गाउँपालिका ४ का ज्योती अधिकारीकी ४ वर्षीया छोरी इसिता अधिकारी, छोरा निशान्त अधिकारी र सन्जु खवासकी ८ वर्षीया छोरी रिहा खवास रहेका छन्।

ज्योतीका छोरा र छोरी जुम्ल्याहा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आज (शुक्रबार) बिहान ७ बजे कच्चा पदार्थ बोकेर उद्योगतर्फ जाँदै गरेको लहरी दुर्घटना भएको थियो । उक्त लहरी नहरनजिकको किराना पसलमा पल्टिएको प्रहरीले जनाएको छ ।

 

पल्टिएको लहरीले थिचेर तीन जना बालाबलिकाको घटनास्थलमा मृत्यु भएको हो । त्यस्तै लहरीले च्यापिएको अवस्थामा रहेका ज्योतिको भने उद्दार कार्य जारी छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालका अनुसार अहिले घटनास्थलबाट ढुङ्गा पन्छाएर क्रेनको सहयोगमा शव निकाल्ने प्रयास भइरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर