Aamsanchar

झोडामा माेटरसाइकल दुर्घटना हुँदा श्रीमानको मृ*त्यु, श्रीमती घाइते

Author Image
शुक्रवार, फागुन ११, २०८०

उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका- ८ झोडामा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मदन भण्डारी स्मृती लोकमार्गको नेपालटारबाट सदरमुकाम गाईघाटतर्फ आउँदै गरेको को.२८.प.७०८६ नम्बरको मोटरसाकलले सोही दिशातर्फ जाँदै गरको प्र.१-०५-०१ क.००३५ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीका अनुसार दुर्घटनाबाट घाइते भएका मोटरसाइकल चालक उदयुरगढी गाउँपालिका ६ नेपालटारका ३४ वर्षीय रत्नकुमार तामाङको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएकी तामाङकी श्रीमतीको जिल्ला अस्पतालमा उपचार भइरहेको उनले बताए । उनको अनुहार र दाहिने हातमा चोट लागेको छ । डीएसपी चौधरीका अनुसार ट्रक चालक त्रियुगा नगरपालिका- ११ का ४० वर्षीय बिनोदकुमार चौधरीलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 48

प्रतिक्रिया (०)

सम्बन्धित खबर