Aamsanchar

झन्डै २४ करोड वर्ष पुरानो जीवाश्म फेला

Author Image
शुक्रवार, फागुन ११, २०८०

पानीमा बस्ने एउटा जीवको झन्डै २४ करोड वर्ष पुरानो नयाँ जीवाश्म फेला परेको वैज्ञानिकहरूले बताएका छन् ।

वैज्ञानिकहरूका अनुसार पाँच मिटर लामो सरीसृपको जीवाश्म सग्लो अवस्थामा फेला परेको छ । गर्धन निकै लामो भएकाले यसलाई ड्रागन उपनाम दिइएको छ । यो प्रजाति सन् २००३ मा पत्ता लागेको थियो । अहिले फेला परेको जीवाश्मले वैज्ञानिकहरूलाई अनौठो देखिने प्रागैतिहासिक जीवको पूर्ण शारीरिक संरचना कस्तो थियो भन्ने जान्न अवसर दिएको बीबीसीले जनाएको छ ।

वैज्ञानिकहरूले पहिलो पटक त्यस्तो सग्लो अवशेष देख्न पाएका नेशनल म्युजिएम्स स्कटल्यान्डका डाक्टर निक फ्रेजरले बताउनुभयो । यो जीवाश्म दक्षिणी चीनमा प्राचीन चुनढुङ्गा भएको ठाउँमा फेला परेको हो । यो जीवबारे वर्णन गरिएको एउट शोधपत्र एक जर्नलमा भर्खरै प्रकाशित भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 45

प्रतिक्रिया (०)

सम्बन्धित खबर