Aamsanchar

जन्तेढुङ्गाका चार वटा सामुदायिक स्वास्थ्य इकाइ बन्द

Author Image
शनिवार, फागुन १२, २०८०

खाेटाङ – खोटाङको जन्तेढुङ्गा गाउँपालिकामा गाउँ–गाउँमा स्वास्थ्यको पहुँच विस्तार गर्ने लक्ष्यका साथ स्थापना गरिएका चार वटा सामुदायिक स्वास्थ्य इकाइ बन्द भएका छन् । २०७४ सालमा नेकपा एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष शंखरबहादुर राई र बिमला राई नेतृत्वको स्थानीय सरकारले स्थापना गरेका ६ वटामध्ये चार वटा सामुदायिक स्वास्थ्य इकाइ बन्द भएका हुन् ।

अहिले जन्तेढुङ्गा गाउँपालिका–१ देविस्थानको सिक्किमटार र जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङको डुम्रीकोटे सामुदायिक स्वास्थ्य इकाइ मात्र सञ्चालनमा छन् । जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालयको बाम्राङ सामुदायिक स्वास्थ्य इकाइ र कात्तिके सामुदायिक स्वास्थ्य इकाइ तथा जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीको खुटा छिरुवाधारा सामुदायिक स्वास्थ्य इकाइ र मातेपानी सामुदायिक स्वास्थ्य इकाइ बन्द भएका हुन् ।

बन्द सामूदायिक स्वास्थ्य इकाइबाट गाउँघर क्लिलिक र खोप सेवा सञ्चालन हुने गरेको छ । राजनैतिक आग्रहपूर्वाग्रह राखेर स्वास्थ्य इकाइ बन्द गरिएको जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालयमा एमालेबाट निर्वाचित वडाध्यक्ष बिदुरमान राईको दाबी छ । ६ वटा वडा रहेको गाउँपालिकामा अहिले माओवादी केन्द्रका अरुणादेबी राई अध्यक्ष र कांग्रेसका खेमबहादुर खड्का उपाध्यक्ष हुनुहुन्छ ।

यसैबीच जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङको बामोल सामुदायिक स्वास्थ्य इकाइ उद्घाटनमै सिमित छ । उद्घाटन भए पनि त्यसपछि स्वास्थ्य इकाइबाट सेवा प्रवाह नभएको स्थानीय बासिन्दाको गुनासो छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 19

प्रतिक्रिया (०)

सम्बन्धित खबर