Aamsanchar

भारतबाट ल्याइएको अढाई क्वीन्टल माछा धर्मपुरमा बरामद,खाल्डोमा हालेर गरियो नष्ट

Author Image
शनिवार, फागुन १२, २०८०

रौतहट – रौतहट प्रहरीले अबैधरुपमा भारतबाट ल्याइएको अढाई क्वीन्टल माछा नष्ट गरेको छ।

विशेष सूचनाका आधारमा गढीमाई नगरपालिका ७ धर्मपुरबाट बरामद गरिएको माछा जिल्ला प्रहरी कार्यालय गौर र प्रहरी चौकी धर्मपुरको संयुक्त टोलीले नष्ट गरेको हो।

माछा प्रहरी चौकीको हाताभित्रै खाल्डो खनेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।​तस्करहरुले सस्तो मूल्यमा पर्ने भनेर विभिन्न जातका भारतीय माछा जिल्लामा अबैध रुपमा भित्र्याउँदै आएका छन्।

नेपाली उत्पादनको तुलनामा सस्तो पर्ने भएकाले तस्करले भारत आन्ध्र प्रदेशमा उत्पादित बचवालगायत जातका माछा अबैधरुपमा भित्र्याउँछन्। आन्ध्र प्रदेशबाट रौतहटसम्म ल्याउँदा दुई हप्तासम्म समय लाग्ने भएकाले तस्करहरुले माछा ल्याउन खतरनाक केमिकलको प्रयोग गर्छन्।

तस्करहरुले सीमा क्षेत्रका नेपाल प्रहरीका युनिटसँगै सशस्त्र प्रहरीलाई समेत प्रलोभनमा पारेर मानव स्वास्थ्यका लागि हानिकारक भारतीय माछा रौतहटलगायत मधेश प्रदेशका प्रायः सबै जिल्लाहरुमा अबैधरुपमा ल्याएर बिक्री गर्दै आएका छन्।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 45

प्रतिक्रिया (०)

सम्बन्धित खबर