Aamsanchar

हाँडीगाउँबाट ‘हावाको कुरा गरौँ’ अभियान शुरु

Author Image
आइतवार, फागुन १३, २०८०

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा वढ्दै गएको वायु प्रदूषणको अवस्थामा सुधार ल्याउने काममा समुदायको सहभागिता र सचेतना बढाउन हाँडीगाउँको अंशुवर्मा डबलीबाट ‘हावाको कुरा गरौँ’ अभियान शुरु भएको छ । काठमाण्डौ महानगरपालिकाले विभिन्न निकायसँगको सहकार्यमा अभियान शुरु गरेको हो ।

अभियान शुरु गर्नु अघि हिजो नारायण चौरबाट पैदल यात्रा गर्दै प्रदूषण नियन्त्रणको सचेतना अभिवृद्धि कार्यक्रम गरिएको थियो । कार्यक्रममा काठमाण्डौ महानगरका प्रवक्ता नवीन मानन्धरले उपत्यकाको हावा स्वच्छ बनाउने अभियान शुरु गरेको बताउनुभयो ।

हाँडीगाउँ गुरुयोजनाअन्तर्गत सुधारका क्षेत्रमध्ये वातावरणीय सुधारका लागि दथु टोल कृष्ण मन्दिर, डवली चोक हुँदै कोटालटोल भवरकुँसम्म सडक खण्डमा गएको ५ महिनादेखि हरेक शनिवार सवारी प्रवेशमा रोक लगाउने गरिएको छ ।

काठमाण्डौ उपत्यकामा वायु प्रदूषण सुधार गर्ने कार्यक्रमका बारेमा यूएसएडका स्वच्छ हावा परियोजनाका प्रमुख भुषण तुलाधरले, प्राचीन सहरको मौलिकपन फिर्ता गराउने प्रयासको प्रारम्भ भएको बताउनुभयो ।

के कारणले सहरको वायु प्रदूषण भइरहेको छ । यसका असर कस्ता हुन्छन्, असर कसरी घटाउन सकिन्छ, स्थानीय अवस्था र आवश्यकताका विषयमा उपत्यका विभिन्न ठाउँहरुमा कुरा हुनेछ ।

विश्वभर वायु प्रदूषणका कारण वर्षमा झण्डै ७० लाख मानिसको ज्यान जाने गरेको छ । नेपालमा ४२ हजार १ सय र काठमाण्डौमा मात्र वर्षेनी ५ हजार व्यक्तिको मृत्युको कारण वायु प्रदूषण रहेको पछिल्ला अध्ययनहरुले देखाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 57

प्रतिक्रिया (०)

सम्बन्धित खबर