Aamsanchar

काभ्रे जिसस प्रमुख गौतमको अनशन स्थगित

Author Image
आइतवार, फागुन १३, २०८०

काठमाण्डौ – काभ्रे जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतमले आमरण अनशन स्थगित गर्नुभएको छ । हिजो बेलुका भएको ५ बुँदे सहमतिसँगै जिसस प्रमुख गौतमले अनशन स्थगित गर्नुभएको हो ।

काभ्रेको धुलिखेल– भक्तपुरको खावा सडक विस्तारमा ढिलाइ भएको भन्दै अस्ति शुक्रवारदेखि उहाँले आमरण अनशन थाल्नुभएको थियो । गौतम र निर्माण व्यवसायी तथा सडक डिभिजन कार्यालय भक्तपुरका प्रतिनिधिबीच पर्सि फागुन १५ गते भित्र एक सय जना जनशक्ति, ४ वटा स्काभेटर, ७ वटा टिप्परसहित आवश्यक सामग्री व्यवस्था गरेर काम शुरु गर्ने सहमति भएको छ ।

तत्काल काम तीव्र नभए सडक डिभिजन कार्यालय भक्तपुरले ठेक्का रद्द गर्न प्रक्रियालाई अगाडि बढाउने भएको छ । त्यस्तै काम शुरु भएपछि चैत १९ गते भित्र धुलिखेल तर्फको २ किलोमिटर सडक कालोपत्रे गर्ने र थप क्षेत्रको कामलाई तीव्रता दिने सहमति भएको छ ।

अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक विस्तार तथा स्तरोन्नतिको ठेक्का पाएको गौरी पार्वती निर्माण सेवा प्रालिले ठेक्का सम्झौता भएको २० महिना पूरा हुँदा पनि लक्ष्य अनुसारको काम गरेको छैन ।

२०७९ जेठ २० गते कामका लागि ठेक्का सम्झौता भएको थियो । धुलिखेलदेखि खावासम्मको चार किलोमिटर सडक विस्तारको काम ठेक्का सम्झौता भएको मितिले २२ महिना अर्थात् २०८० चैत १९ गते सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 56

प्रतिक्रिया (०)