Aamsanchar

सुनसरीमा एम्बुलेन्सबाट गाँजा बरामद

Author Image
आइतवार, फागुन १३, २०८०

सुनसरी – सुनसरीमा सशस्त्र प्रहरीले एम्बुलेन्सबाट गाँजा बरामद गरेको छ। आइतबार सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गणले एम्बुलेन्सबाट २७३.१३० ग्राम गाँजा बरामद गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश चतराबाट सशस्त्र प्रहरी निरीक्षक बिग बहादुर गोलेको कमाण्डमा खटिएको टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका-१ चतराबाट सूर्यकुण्डतर्फ जाने भित्री सडक खण्डमा शंकास्पद अवस्थामा रोकिराखेको को १ च २९३७ नम्बरको एम्बुलेन्स चेकजाँचका क्रममा ९ वटा पोकामा लुकाएर राखेको अवस्थामा गाँजा बरामद गरेको हो।

बरामद एम्बुलेन्स र गाँजा थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीका गणपति समेनन्द बज्राचार्यले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 25

प्रतिक्रिया (०)

सम्बन्धित खबर