Aamsanchar

काठमाडौँ उपत्यकामा लुटपाट, चोरी तथा ठगी गर्ने पक्राउ

Author Image
आइतवार, फागुन १३, २०८०

काठमाडौँ – काठमाडौँ उपत्यकामा लुटपाट, चोरी तथा ठगी गर्ने विभिन्न व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतवार पत्रकार सम्मेलन गर्दै माघ २५ गते काठमाडौँ जिल्ला टोखा नगरपालिका-१ झोरमा १ करोड ५२ लाख रुपैयाँ बराबरको धनमाल डकैत गर्न संलग्न ६ जनालाई पक्राउ गरेको जानकारी दिएको छ।

पत्रकार सम्मेलनमा प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले माघ २५ गते काठमाडौँ जिल्ला टोखा नगरपालिका-१ झोरमा रसुवा गोसाइकुण्ड गाउँपालिका-१ बस्ने वर्ष २५ को कार्साङ लामा र सिन्धुपाल्चोक घर भएका कुसाङ लामाको साथबाट नगद २५ हजार रुपैयाँ, सुनको १८ तोला तौल भएको बुटिल ३ जोर, बहुमूल्य सिमला मुगा मालाजडित सुनको घवा, आईफोन १२ र उनीहरुले चढिआएको ४२८३ नम्बरको मोटरसाइकल गरी अन्दाजी १ करोड ५२ लाख बराबरको धनमाल डकैती गर्नेहरुलाई पक्राउ गरेको बताए।

पक्राउ पर्नेमा लुटपाटमा संलग्न सोनाम थापा र टाँसी तामाङ रहेका छन्। लुटेर ल्याइएको सुन किन्नेहरु अनन्तराज घिमिरे, आमोल बालुफुके, देवासी सावन्त र कार्तिक पाइका रहेको प्रहरीले जनाएको छ।

उनीहरुको साथबाट नगद १९ लाख ५० हजार रुपैयाँ, २९५।३ ग्राम सुन, ५ थान मोबाइल र ३ थान मोटरसाइकल बरामद गरिएको उनले बताए।

फागुन ६ गते ललितपुर महालक्ष्मी नगरपालिका-१ इमाडोल बासुकी टोलस्थित मनिष डाँगीको घरमा ४५ लाख बराबरको धनमाल चोरी गर्ने ३ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा अनुप तामाङ, रविन तामाङ र राजन श्रेष्ठ रहेका छन्। उनीहरुको साथबाट नगद १ हजार ९९६ रुपैयाँ विभिन्न देशका नोट ५१ थान र विभिन्न प्रकारका गरगहना पनि बरामद भएको छ।

डलर देखाइ ठगी गर्ने गिरोहका ३ जनालाई पनि पक्राउ गरिउको छ। पक्राउ पर्नेमा रामबहादुर तामाङ, विवि तामाङ र शंकर योगी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 33

प्रतिक्रिया (०)