Aamsanchar

बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचन आज

Author Image
सोमवार, फागुन १४, २०८०

बिर्तामोड –  बिर्तामोड उद्योग वाणिज्य संघको आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न आज मतदान हुदैछ । अतिथी सदनमा विहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म निर्वाचनमा मतदान हुनेछ ।

मतदान गर्न मतदाताहरुलाई संघले जारी गरेको परिचय–पत्रका साथमा नेपाल सरकारद्वारा जारी गरेको फोटो सहितको परिचय खुल्ने कुनै कागजात ल्याउनुपर्नेछ । कारणबस संघले जारी गरेको परिचय पत्र नभएमा स्थायी लेखा नम्वर (पान नं)अनिवार्य गरिएको निर्वाचन समितिले जनाएको छ ।

संघमा ५ हजार ६ सय ६१ जनाले मतदान गर्न पाउने छन् । आज हुने निर्वाचनमा अर्जुन मैनाली नेतृत्वको स्वतन्त्र व्यावसायिक प्यानल र राजु न्यौपाने नेतृत्वको लोकतान्त्रिक व्यवसायिक प्यानल चुनावी प्रतिष्पर्धामा छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर