Aamsanchar

सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता एकको शव फेला, अर्का एक अझै बेपत्ता

Author Image
सोमवार, फागुन १४, २०८०

काठमाडौं – कास्की जिल्ला पोखरा महानगरपालिका– १७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता एकको शव सशस्त्र प्रहरीले निकालेको छ, भने एकको खोजीकार्य जारी छ।

माछा मार्न गएका ५ जनामध्ये सोही महानगरपालिका– १ कसेरी बस्ने ४० वर्षका मृत मंगा तामाङ्ग ढुङ्गामा अड्किएको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नम्बर–२४ कालिका गण कास्कीबाट गएको गोताखोर र विपद् उद्धार टिम सहितको फौजले गएराति पौने १ बजे शव निकालेको छ। सोही ठाउँ बस्ने ४३ वर्षका रक्सेस तामाङ्गको गोताखोर र विपद् उद्धार टिमले खोजी कार्य जारी राखेको छ।

शव पोस्टमार्टमको लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। माछा मार्न गएका अन्य ३ जना भने सकुशल रहेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 54

प्रतिक्रिया (०)

सम्बन्धित खबर