Aamsanchar

१४ किलो सुन तस्करी प्रकरण : प्लाटिनम कलेजका सञ्चालक पक्राउ

Author Image
सोमवार, फागुन १४, २०८०

काठमाडौं – सुन तस्करी प्रकरणमा प्लाटिनम कलेजका सञ्चालक जीवनकुमार गुरुङलाई पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले गुरुङलाई आज बिहान काठमाडौंको सामाखुशीबाट गरेको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीले जानकारी दिए।

गत मंसिर २१ गते फ्लाई दुबईबाट आएका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद भएको थियो। त्यो प्रकरणमा अनुसन्धानपछि जिल्ला अदालत, काठमाडौंमा दायर मुद्दामा गुरुङलाई प्रतिवादी बनाइएको थियो। गुरुङलाई आजै विमानस्थल भन्सार कार्यालय बुझाउने तयारी गरिएको प्रवक्ता बोगटीले बताए।

यो गिरोहले ल्याएको सुन अध्यागमन क्षेत्रमा रहेको शौचालयमा लुकाएर कर्मचारीकै मिलेमतोमा बाहिर ल्याउने गरिएको अनुसन्धानबाट खुलेको थियो। सुन तस्करी गरेर ल्याएको घटनामा अन्य व्यक्ति थुनामा छन्। पर्वत स्थायी घर भएका उनी पक्राउ पुर्जी जारी भएपछि फरार थिए।

चन्द्र घले र मीनबहादुर घलेसहितका प्रतिवादीलाई काठमाडौं जिल्ला अदालतमा १ अर्ब ४० करोड ५५ लाख रुपैयाँ विगो दाबीसहित मुद्दा दायर भएको थियो।

यो मुद्दामा विमानस्थलका सरसफाई सुपरभाइजर सुशीला पाण्डे, सरसफाइ कर्मचारी कपिल ओझा, गणेश चेपाङ, विमानस्थल नागरिक उड्डयन कार्यालयका सहयोगी लेखबहादुर तामाङ, अनिल श्रेष्ठ पक्राउ परेका छन्। त्यस्तै एयर साइड अफिसमा कार्यरत रमेश देउला, प्लम्बर शेरबहादुर बस्नेत र एसी प्राविधिक राधाकृष्ण श्रेष्ठको पनि संलग्नता रहेको खुलेपछि उनीहरु पक्राउ परेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 48

प्रतिक्रिया (०)

सम्बन्धित खबर