Aamsanchar

कृष्णनगर हुँदै भारत लैजान लागेकाे २४ किलो चरेससहित पाँच जना पक्राउ

Author Image
सोमवार, फागुन १४, २०८०

कपिलवस्तु-कपिलवस्तुको कृष्णनगरबाट लागु औषध चरेससहित पाँच जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कृष्णनगरले भारत लैजान लागेको अवस्थामा २४ किलो ५ सय ६० ग्राम चरेस बरामद गरेको हो ।

रुकुमपूर्व ल्याइएको चरेस कृष्णनगर हुँदै भारत पुर्‍याउन खोजेको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले बताउनुभयो ।

पक्राउ पर्नेहरूमा तीन जना महिला र दुई जना पुरुष छन् । प्रहरीका अनुसार खनियाबास गाउँपालिका ५ धादिङका ५९ वर्षीय सेती तामाङको साथमा ५ किलो ५५५ ग्राम, वर्ष ६६ को रेगदोन तामाङको साथमा ५ किलो ३६५ ग्राम, वर्ष ५२ को साङ जोम तामाङनीको साथमा ५ किलो ४८० ग्राम चरेस बरामद गरिएको छ । यसैगरी सिद्ध कुमाख गाउँपालिका ४ सल्यानका ४० वर्षीय थलबहादुर रोकाको साथमा ४ किलो ६१५ ग्राम र भूमे गाउँपालिका २ रुकुमपूर्व घर भई हाल लमही नगरपालिका ४ बस्ने ३७ वर्षीय भावना बुढाको साथमा ३ किलो ५४५ ग्राम लागू औषध चरेस फेला परेको हो ।

उनीहरूले कम्मरमा लगाएको कपडाको पेटीभित्र चरेस लुकाएर ल्याएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताउनुभयो । सेती अघिल्लो पटक धादिङ र कृष्णनगरमा चरेससहित पक्राउ परेकी थिइन् । धरौटीमा छुटे पछि प्रहरीले सेतीलाई निगरानीमा राखेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 39

प्रतिक्रिया (०)