Aamsanchar

वेल्डिङ वर्कसपमा राखिएको सिलिण्डर विस्फोट,एक जनाको मृत्यु, चार घाइते

Author Image
सोमवार, फागुन १४, २०८०

काठमाडौं – बाराको निजगढमा सोमबार दिउँसो अक्सिजन सिलिण्डर बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ। अरू ४ जना घाइते भएका छन्।

निजगढ बजारमा वेल्डिङ वर्कसपमा राखिएको सिलिण्डर विस्फोट भएको हो। सिलिण्डर पड्किँदा वर्कसप संचालक ४५ वर्षीय रेशम मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी दधिराम न्यौपानेले जानकारी दिए।

घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ। उनीहरुलाई निजगढ सामुदायिक अस्पतालमा प्राथमिक उपचारपछि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा रिफर गरिएको अस्पतालका डा.सतिश निरौलाले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर