Aamsanchar

मगर एकता दिवस मनाइँदै

Author Image
मङ्गलवार, फागुन १५, २०८०

काठमाण्डौ – आज ४२औँ मगर एकता दिवस मनाइँदैछ। देशैभरका मगर समुदायले राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदै छन्।२०३९ साल फागुन १५ गते स्वर्गीय हेमबहादुर पुनको अध्यक्षतामा तनहुँमा नेपाल लाङ्घाली परिवार सङ्घको प्रथम अधिवेशन भएको थियो।त्यसैको सम्झनामा मगर सङ्घ र सम्बन्धित सङ्घ–संस्थाले एकता दिवसको रुपमा मनाउँदै आएका छन् ।

मगर सङ्घका पूर्व केन्द्रीय अध्यक्ष नवीन रोकामगरका अनुसार २०१२ सालमै मगर समाज सुधार समितिको नाममा गुल्मीको भार्सेमा मगरहरुको पहिलो सङ्गठन बनेको भनिए पनि मगर सङ्घले २०३९ साल फागुन १५ लाई नै स्थापना दिवसको रुपमा मनाउने गरेको छ ।

दिवसमा आज विभिन्न पालिकाले स्थानीय बिदा दिएका छन् । पाल्पाका सबै पालिकामा आज स्थानीय बिदा छ ।नवलपरासी ९बर्दघाट सुस्तापूर्व०का विभिन्न ठाउँमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायतका कार्यक्रम हुँदैछन् । बर्दघाट सुस्तापूर्वका आठवटै पालिकामा बिदा छ ।

अर्घाखाँचीको शितगंगा नगरपालिकाले पनि आज बिदा दिएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मगर समुदायको जनसङ्ख्या २० लाख १३ हजार चार सय ९८ रहेको छ । यो कुल जनसङ्ख्याको ६ दशमलव ९ प्रतिशत हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 47

प्रतिक्रिया (०)