Aamsanchar

वर्षको उत्कृष्ट स्वास्थ्यकर्मीको पुरस्कार दार्चुला अस्पतालकी अनमि बबितालाई

Author Image
मङ्गलवार, फागुन १५, २०८०

काठमाडौँ- यो वर्षको उत्कृष्ट स्वास्थ्यकर्मीको पुरस्कार दार्चुला अस्पतालकी अनमि बबिता विष्टले पाएकी छन्। एक लाख राशिको उक्त पुरस्कार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक वर्ष स्वास्थ्य सेवा दिवस (फागुन १५) गते वितरण गर्दै आएको छ।

स्वास्थ्य सेवा दिवसका अवसरमा स्वास्थ्य मन्त्रालयले आज उक्त पुरस्कार वितरण गरेको हो। यस्तै यस्तै स्वास्थ्य सेवा पुरस्कार कालिकोटका वरिष्ठ अहेव दीर्घबहादुर नेपाली, किरण कुमारी (वरिष्ठ अनमि, बारा), स्त्रीरोग विशेषज्ञ डा। केशरबहादुर ढकाल ( सुर्खेत अस्पताल)र सुष्मा थपलिया (फार्मेसी निरीक्षक) ले पाएका छन्। यो पुस्कार ५० हजार राशिको रहेको छ।

उक्त पुरस्कार छनोटका लागि मन्त्रालयले अतिरिक्त स्वास्थ्य सचिव डा। विकास देवकोटाको संयोजकत्वमा समिति गठन गरेको थियो।

स्वास्थ्य मन्त्रालयले हरेक वर्ष स्वास्थ्य सेवा स्वास्थ्य सेवा ऐन आएको दिनलाई स्वास्थ्य सेवा दिवसको रूपमा मनाउँदै आएको छ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, तत्कालीन स्वास्थ्यमन्त्री अर्जुननरसिंह केसीको पालामा २०५३ सालमा स्वास्थ्य सेवा ऐन आएको थियो। त्यसयताका स्वास्थ्यका हरेक नीतिगत काम यही ऐनअनुसार सञ्चालन हुँदै आएका छन्।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 45

प्रतिक्रिया (०)

सम्बन्धित खबर