Aamsanchar

बिशे नगर्ची राष्ट्रिय सम्मान पुरस्कर प्रदान गरिने

Author Image
मङ्गलवार, फागुन १५, २०८०

बिर्तामोड – गोर्खा फाउण्डेशन नेपालले विभिन्न विधामा विशिष्ट योगदान गरेका व्यक्तिहरूलाई सम्मान गर्ने भएको छ ।
फाउण्डेशनले उनीहरुलाई बिशे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान प्रदान गर्ने मङ्गलबार पत्रकार भेट्घाट कार्यक्रम गरी जानकारी दिएको हो ।
फरक फरक विधामा २ जना राष्ट्रिय स्तरमा योगदान गरेका व्यक्तिहरूलाई नगद ५१ हजार सहित सम्मान गरिने फाउण्डेशनका अध्यक्ष विरु दर्नालले जानकारी दिए ।
राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहलाई सहयोग गरेका बिशे नगर्चीको योगदानलाई ताजा राख्न कार्यक्रम आयोजना गर्न लागिएको उनले बताए । उनले भने, ´समयले बिर्सिँदै गएको अवस्थामा उहाँको योगदानलाई ताजा बनाउने र सबै समग्र समाजसँग चाहिँ एउटा उत्पीडित जातिको पनि योगदान त्यो समयमा राज्य एकीकरणमा थियो भन्ने अहिलेको पुस्तालाई बुझाउन जरुरी छ ।`
कार्यक्रम चैत्र १७ गते शनिबार बिर्तामोडमा कार्यक्रम आयोजना गरिने फाउण्डेशनले जनाएको छ ।
झापाका सबै पालिका कार्यक्रमको सहआयोजक रहने उनले बताए ।
फाउण्डेशनका अध्यक्ष दर्नालको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव रञ्जित परियारले सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर