![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/02/InShot_20240227_155142280.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/08/golary.png)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यले दिनुभएको योगदानले गीत–सङ्गीतको क्षेत्रमा लामो समयसम्म उत्प्रेरणा दिइरहने बताउनुभएको छ ।
आज नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान पुगेर आचार्यको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री प्रचण्डले उहाँको योगदान देशका लागि महत्त्वपूर्ण रहेको स्मरण गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले स्वर्गीय आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्नुभयो ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
यस्तै नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्व। भक्तराज आचार्यको निधनले देशलाई अपूरणीय क्षति पुगेको बताउनुभयो । आचार्यको पार्थिव शरीरमा श्राद्धाञ्जली दिँदै ओलीले नेपाली साङ्गीतिक जगतका विख्यात नक्षत्रको क्षति भएको बताउनुभयो ।
प्रतिष्ठानमा बिहान ११ बजेदेखि शुभचिन्तक, गीत–सङ्गीत क्षेत्रका व्यक्तित्व तथा कलाकारहरूले आचार्यप्रति श्रद्धाञ्जली दिइरहेका छन् । उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।
भजनशिरोमणि उपाधि पाउनुभएका भक्तराज आचार्यको हिजो ८२ वर्षको उमेरमा निधन भएको थियो । गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि गीत–सङ्गीत क्षेत्रमै हुनुहुन्छ । विसं १९९९ मा धनकुटामा जन्मिनुभएका आचार्यले चार सय वटाभन्दा बढी गीतमा स्वर तथा सङ्गीत दिनुभएको छ । आचार्यको निधनप्रति सङ्गीतकर्मी, सर्वसाधारण तथा राजनीतिक दलका नेतालगायतले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।