Aamsanchar

झापामा १२ जना जुवाडे पक्राउ, ६६ हजार नगद बरामद

Author Image
मङ्गलवार, फागुन १५, २०८०

झापा –झापाको शिवसताक्षीमा जुवाजन्य खेलिरहेका १२ जना नगदसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाको आधारमा सोमबार मध्यराती करिब १२ बजेको समयमा शिवसताक्षी नगरपालिका- ११ स्थित नहरचौकका ४७ वर्षीय चेतन दुलालको घरमा छापा मारेको थियो ।

दुलालको घरमा कौडा खेलिरहेका घरधनी दुलालसहित शिवसताक्षी- ९ का ४७ वर्षीय पूर्णकुमार लिम्बु, सोही ठाउँका २६ वर्षीय मोहन दुलाल, ४५ वर्षीय लोकनाथ दुलाल, शिवसताक्षी- १० का ३६ वर्षीय रबिन राई, ३३ वर्षीय नवीन सेलिङ र ३१ वर्षीय बुद्वहाङ सिगु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए ।

त्यस्तै शिवसताक्षी- ७ का ४२ वर्षीय खडीबहादुर श्रेष्ठ, ३७ वर्षीय शिवोराज माबो, ५५ वर्षीय मोहनप्रसाद दुलाल, शिवसताक्षी- ४ का २२ वर्षीय राजेश कुमार ताजपुरिया पक्राउ परेको प्रहरी निरीक्षक गिरीले बताए । प्रहरीले जुवास्थलबाट नगद ६६ हजार ६५ रुपैयाँ, १६ थान कौडा, कौडा खेलाउँदा प्रयोग भएको म्याट, काठको फ्रेम र ११ थान मोबाइल बरामद गरिएको प्रहरी निरीक्षक गिरीले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर