Aamsanchar

बिजुलीको पोल ढलेर लाग्दा वडा सदस्यको ज्यान गयो

Author Image
बुधवार, फागुन १६, २०८०

मकवानपुर –मकवानपुरमा बिजुलीको पोल ढलेर लाग्दा बकैया गाउँपालिका वडा नम्बर ७ का वडा सदस्य रामकुमार तितुङको ज्यान गएको छ । हिजो दिउँसो आफ्नै घर अगाडि हिँडिरहेका बेला बिजुलीको पोल ढलेर लाग्दा उहाँ गम्भीर घाइते हुनु भएको थियो ।

उहाँलाई हेटौँडामा उपचार हुन नसकी भरतपुर लगिएको थियो । चिवतन मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान उहाँको ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर