Aamsanchar

पाखोबाट खसेको ढुंगाले बेनी –जोमसोम सडक अवरुद्धb

Author Image
बुधवार, फागुन १६, २०८०

बेनी – पाखोबाट खसेको ढुंगाले बाटो छेकेपछि बेनी –जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्से झरना नजिकै पाखोबाट ठूलो ढुङ्गा खसेर सडकमा सवारी साधन आवत जावतमा अवरोध सिर्जना भएको हो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी इञ्जिनियर बिष्णु चापागाईले बीच सडकमा ठूलो ढुङ्गा खसेपछि सवारी साधन आवत जावत बन्द भएको बताए ।

आज दिउँसो १ बजेतिर ढुङ्गा खसेको हो । बीच सडकमा रहेको ढुङ्गा फुटाएर आवत जावत खुलाउन डोजर र मजदुर परिचालन गरेको इञ्जिनियर चापागाईले बताए । सडक खुलाउन करिब तीन घण्टा लाग्ने उनले बताए ।

 

मुस्ताङबाट म्याग्दीतर्फ आउने सवारी साधन रुप्से र देशका विभिन्न ठाउँबाट मुस्ताङतर्फ जाने सवारी साधनहरू दानाको तितरमा रोकिएका छन् । ७६ किलोमिटर दुरीको बेनी–जोमसोम कोरला सडक राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत स्तरोन्नतिको क्रममा रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 53

प्रतिक्रिया (०)