Aamsanchar

‘म्याकुरी’लाई कुटपीट गरेको आरोपमा शर्मिला वाइबा पक्राउ

Author Image
बुधवार, फागुन १६, २०८०

काठमाडौं – कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपीट गरेको आरोपमा शर्मिला वाइबा पक्राउ परेकी छिन्।

खतिवडाले आफूविरुद्ध कुटपीट गरेको भन्दै वाइबाविरुद्ध महाराजगंजमा उजुरी दिएका थिए। लगत्तै वाइबा फरार भएकी थिइन्।

उनी भागेर सिन्धुपाल्चोक पुगेको सूचना प्राप्त भएपछि प्रहरीले बाह्रबिसेबाट पक्राउ गरेको हो। सिन्धुपाल्चोक प्रहरीले उनलाई पक्राउ गरेको पुष्टि गरेको छ। उनीविरुद्ध ब्ल्याकमेलिङ गरेको र कुटपिट तथा अङ्गभङ्ग भएको भन्दै उजुरी परेको छ।

उनलाई पक्राउ गरेर काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 65

प्रतिक्रिया (०)

सम्बन्धित खबर