Aamsanchar

मकवानपुर : ४५ किलो चरेससहित ३ जना पक्राउ

Author Image
बुधवार, फागुन १६, २०८०

प्रतिकात्मक तस्वीर गुगलबाट ।

मकवानपुर। भिमफेदी गाउँपालिका–२ भैँसेबाट अवैध लागूऔषध चरेस ४५ किलो र गाँजा करिब ५ किलोसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा थाहा नगरपालिका–८ आग्रा बस्ने ३० वर्षीय बिमल स्याङतान, कैलाश गाउँपालिका–१ खोलाखर्क बस्ने ५२ वर्षीय चन्द्र बहादुर घलान र भिमफेदी गाउँपालिका–१ किटनी बस्ने ३२ वर्षीय नवराज तामाङ रहेका छन् ।

प्रहरी चौकी भैँसेबाट खटिएको प्रहरीले पालुङबाट हेटौंडातर्फ जाँदै गरेको ना.४ ख ६०९१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर