Aamsanchar

ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृ*त्यु

Author Image
बिहिवार, फागुन १७, २०८०

काठमाडौं – चितवनमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–९, कृष्ण मन्दिरनजिक प्रदेश २–०३–००१ख ६९९६ नम्बरको ट्रकले ठक्कर दिएको हो ।

पूर्व–पश्चिम सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको उक्त ट्रकले गए राति करिब १ बजे हाल नामथर, वतन नखुलेका ५५र६० वर्षीय पुरुषलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ठक्करबाट ती व्यक्ति गम्भीर घाइते भएका थिए । उपचारका निम्ति उनलाई भरतपुर सरकारी अस्पतालमा पठाइएको थियो । राति नै १ः५० बजे उनको मृत्यु भएको अस्पतालले घोषणा गरेको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।

उक्त ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 59

प्रतिक्रिया (०)

सम्बन्धित खबर