Aamsanchar

सेफ्टी ट्याङ्करमा लुकाएर लागुऔषध कारोबार गर्ने पक्राउ

Author Image
बिहिवार, फागुन १७, २०८०

काठमाडौँ –ढलको फोहोर सफाइमा प्रयोग सेफ्टी ट्याङ्करमा लुकाएर लागु औषध कारोबार गर्ने कार्यमा संलग्न एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौँको गोकर्णेश्‍वर नगरपालिका वडा नम्बर ५ जम्मुडाँडास्थित सडक किनारबाट सर्लाही ठेगाना भएका ३४ वर्षीय नविन मोक्तानलाई पक्राउ परेको हो ।

ब्युरोका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार लागु औषध कारोबार गर्ने शंकास्पद व्यक्तिलाई पछ्याउँदै जाने क्रममा फागुन १६ गते राति सडक किनारमा रोकी राखेको ना ८ख २०२२ नम्वरको सेफ्टी ट्याङ्करको सिटमुनि ४७५ बोतल लागुऔषध फेला परेको थियो ।

सो क्रममा मोक्तानसहित उक्त लागु औषध ओसारपसारमा प्रयोग गरिएको सेफ्टी ट्याङ्कर समेत बरामद गरी सो सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 79

प्रतिक्रिया (०)