Aamsanchar

१४ लाख १० हजार रुपैयाँ नगदसहित एक जना पक्राउ

Author Image
शुक्रवार, फागुन १८, २०८०

काठमाडौं –प्रहरीले सर्लाहीबाट स्रोत नखुलेको १४ लाख १० हजार रुपैयाँ नगद बरामद गरेको छ । सर्लाहीको लालबन्दी नगरपालिका १४ स्थित लखन्देही खोलामा प्रहरी चौकी पथ्थरकोटबाट खटिएको गस्ती टोलीले स्रोत नखुलेको रकमसहित एकजनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी दयानिधी ज्ञवालीले प्र.२–०३–०११ प ८३५७ नम्बरको २२० सि.सि.को पल्सर मोटरसाइकलमा अवैध रूपले स्रोत नखुलेको नगद १४ लाख दश हजार रुपैयाँसहित एकजनालाई पक्राउ गरिएको बताए ।

एसपी ज्ञवालीका अनुसार पक्राउ पर्नेमा मोटरसाइकल चालक लालबन्दी १४ का ४६ वर्षका धनबहादुर पाख्रिन छन् ।

प्रहरीले उक्त रकम हुन्डी कारोबारीको हुनसक्ने अनुमान गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 300

प्रतिक्रिया (०)

सम्बन्धित खबर