Aamsanchar

कालीकोटमा मोटरसाइकल चोरी गर्ने गिरोह सक्रिय, २८ वटा हराएको उजुरी

Author Image
शुक्रवार, फागुन १८, २०८०

कालीकोट – कालीकोटमा मोटरसाइकल चोरी गर्ने गिरोह सक्रिय रहेको पाइएको छ। प्रहरीले कात्तिकयता ६ वटा मोटरसाइकल नियन्त्रणमा लिएरको छ।

जिल्लाको विभिन्न स्थानबाट हराएका मोटरसाइकल नियन्त्रणमा लिएर सम्बन्धित सवारीधनीलाई हस्तान्तरण गरेको छ। तर, मोटरसाइकल चोरीमा संलग्न व्यक्ति हालसम्म पक्राउ पर्न सकेका छैनन्। कात्तिकदेखि हालसम्म २८ वटा हराएको उजुरी परेको १५ वटा फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक पोषण थापाका अनुसार देशका विभिन्न स्थानमा चोरी गर्ने र कालीकोट लगायत हिमाली जिल्लामा मोटरसाइकल प्रयोग भइरहेको सूचनाका आधारमा प्रहरीले चोकजाँचलाई कडाइ गरेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर