Aamsanchar

बालविवाह मुद्दामा फरार दुई जना पक्राउ

Author Image
शुक्रवार, फागुन १८, २०८०

कास्की- कास्की प्रहरीले बालविवाह मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिकाका सरस्वती विक र विनीता सुनार छन् ।

जिल्ला अदालत कास्कीले माघ १० गते सरस्वतीलाई ३ महिना कैदसहित २ हजार ५ सय रुपियाँ जरिवाना र पीडित राहत कोषमा दुईसय रुपियाँ दाखिला गर्न फैसला गरेको थियो । त्यसमा उहाँले २ महिना १८ दिन कैद सजाय र २ हजार ७ सय रुपियाँ भुक्तान गर्न बाँकी छ ।

त्यसैगरी विनीता सुनारको हकमा ३ महिना कैद सजाय र २ हजार ५ सय जरिवाना २ सय भुक्तान गर्न बाँकी भई फरारको सूचीमा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । उनीहरुलाई पोखरा महानगरपालिका –१ हरिचोकबाट पक्राउ गरी अदालतमा उपस्थित गराएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 77

प्रतिक्रिया (०)

सम्बन्धित खबर