Aamsanchar

अदालतबाट लगातार हेलमेट चोर्ने पक्राउ

Author Image
शुक्रवार, फागुन १८, २०८०

काठमाडौँ – काठमाडौँ जिल्ला अदालतबाट लगातार हेलमेट चोरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा घर भएका संजय थापा मगर छन् ।अदालतको गेटबाट लगातार हेलमेट चोरी भएपछि ‘एम्बुसिङ’ गरेर आरोपीलाई पक्राउ गरिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले  बताए । जिल्ला अदालत काठमाडौँको सुरक्षामा खटिएका सादा पोशाकका प्रहरीले उनलाई पक्राउ गरेका हुन् । आरोपीले ४५ हजारसम्म पर्ने हेलमेट चोरी गरेका हुन् । चोरेको हेलमेट पठाओ राइडरलाई बेच्ने गरेको उनले प्रहरीलाई बताएका छन् । प्रहरीसँग उनले भनेका छन्,‘तिन–चारवटा हेलमेट चोरेको हुँ, १ हजार देखी १५ सयमा बेच्ने गरेको छु ।’

अदालतको गेटबाट विगत चार–पाँच महिनादेखि दैनिक हेलमेट चोरी हुने गरेको सूचना अधिकारी पन्थीले बताए । चोरीमा संलग्न आरोपी पक्राउ गर्ने प्रहरीलाई जिल्ला अदालतले सम्मान गरेको छ । आरोपी थापा मगरलाई थप अनुसन्धान र कारवाहीका लागि प्रहरी वृत सिंहदरबारमा पठाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 72

प्रतिक्रिया (०)